Champawati Hydropower Ltd.

गोरखाको चेपे खोलामा ७ मेगावाटको चेपे ‘ए’जलविद्युत आयोजना बन्ने

By Admin . August 16 th

काठमाडौं, ३१ श्रावण ।
गोरखाको चेपे खोलामा ७ मेगावाटको चेपे ए जलविद्युत आयोजना बन्ने भएको छ । नेपाल विद्युत् प्राधिकरण र निर्माण कम्पनी चम्पावती हाईड्रोपावर कम्पनी प्रा.लि. बीच ‘टेक अर पे’ को आधारमा गत फागुनमा विद्युत खरिद सम्झौतामा हस्ताक्षर भइसकेको छ । आयोजनाको लागत एक अर्ब बत्तीस करोड रुपैयाँ अनुमान गरिएको छ । ३० प्रतिशत स्वपुँजी रहनेछ भने ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने योजना रहेको निर्माण कम्पनीले जनाएको छ । जलविद्युत् आयोजना लमजुङको दुधपोखरी र गोरखाको सिरानचोक गा. पा.मा बन्नेछ । आयोजनाको प्रारम्भिक वातावरण मूल्याङ्कन (IEE) समेत स्वीकृत भइसकेको छ । प्रति मेगा वाट करीव रु १८ करोड ५० लाख पर्न जाने उक्त आयोजनाले वार्षिक ४१.३७ गिगावाट विद्युत उत्पादन गर्नेछ । उत्पादित विद्युत् वर्षा यामका ६ महिना प्रति युनिट ४ रुपैयाँ ८० पैसा र हिउँदका ६ महिना ८ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरिद गर्ने सम्झौता भएको हो । आयोजना सन् २०२२ सम्म सम्पन्न गर्ने निर्माण कम्पनी चम्पावती हाईड्रोपावरले लक्ष्य लिइएको छ । कम्पनीका अध्यक्ष डा. डा.हरिराम पराजुलीका अनुसार प्राविधिक काम अगाडि बढेको छ । करीव क्यू–४२% मा डिजाइन भएको चेपे ‘ए’आयोजना प्राविधिक रुपमा पनि राम्रो रहेको उनले बताए । प्राविधिक र आर्थिक दुबै रुपले चेपे ‘ए’ आयोजना मोडल हाइड्रोपावरका रुपमा रहेको कम्पनीका एक डाइरेक्टर वरिष्ठ इन्जिनियर लक्ष्मण अर्यालले बताए । आयोजना सम्पन्न भएपछि उर्जामा आत्मनिर्भर बन्ने सरकारी लक्ष्य पुरा गर्न सहयोग पुग्ने ई. अर्यालले बताए ।


उक्त आयोजना पावर हाउस तथा बाध वाध्ने स्थलमा बाह्रै महिना चल्ने सडक पुगि सकेको छ । उक्त आयोजनाको पावर हाउस गोरखाको पाण्डेवेशी तथा लमजुङ्गको वोराङ्गखोला (वस चल्ने ठाँउ) बाट १ कि.मि. दूरीमा रहेको छ । सहज भौगोलिक तथा भौगर्भिक अवस्था र सडक सुविधाबाट नजिक रहेको आयोजना भएकोले निर्माण गर्न सजिलो भएको कुरा अर्का डाइरेक्टर वरिष्ठ इन्जिनियर रामेश्वर लामिछानले बताउनु भयो ।

चम्पावती हाईड्रोपावर कम्पनी प्रा.लि. को तर्फबाट डा.हरिराम पराजुली, टुक प्रसाद न्यौपाने, तिलकराज भट्टराई, श्याम थापा, रामेश्वर लामिछाने, लक्ष्मण अर्याल लगायतको यो क्षत्रमा लामो अनुभव भएका इन्जिनियरहरुको टिमले यो आयोजना निर्माण गर्न लागेको हो । यो आयोजना चेपे(कुएले खोलाको दोभानमा बाँध बाधेर चिल्ली खोला दोभानको सिरानचोक(२ (साविक थालाजुङ्ग) कुभिन्डे भन्ने ठाँउमा पावर हाउस निर्माण हुन्छ । उक्त आयोजनावाट निस्कने विद्युत ५ कि.मी. पर चिप्पेटी सवस्टेशनमा लगेर जोडिनेछ ।